रुकुम पश्चिममा आठ किलो अफिमसहित दुईजना पक्राउ

14.7k Shares

रुकुम पश्चिम । रुकुम पश्चिममा आठ किलो १०० ग्राम लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् । आठविसकोट नगरपालिका–२, स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९, बलचौर घर भई सेरिगाउँ बस्दै आएका ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन् ।

गएको शुक्रबार राति उनीहरूलाई सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडकछेउबाट पक्राउ गरिएको थियो । आइतबार रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई उनीहरूमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार