हतियार प्रहार गरी श्रीमतीको हत्या

19.7k Shares

तनहुँ । तनहुँको व्यास नगरपालिका–५, साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको ‘हत्या’ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रहरीका अनुसार, कुमालले हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

सम्बन्धित समाचार