त्यस्तै जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन संसदीय उपमन्त्री इसिबासी रिन्टारोसँग भेट गरेका छन्। नेपाली दूतावास टोकियोमा भएको द्विपक्षीय भेटका क्रममा मन्त्री भण्डारीले जापानको श्रम बजारको अवस्थाको वारेमा जानकारी लिएका थिए ।
नेपाली श्रमिकहरुलाई जापानी श्रम बजारका सम्भावित क्षेत्रहरु पहिचान गर्ने र सरल तथा सहज तरिकाबाट नेपाली श्रमिकहरुलाई जापानमा अवसर खोज्ने विषयमा छलफल भएको थियो। उपमन्त्री रिन्टारोले नेपाली श्रमिकहरु मेहेनती र इमान्दार भएको बताउदै प्रशंसा गरेका थिए। उनले निर्माण क्षेत्र, सीप विल्डिङ, अटोमोबाइल तथा मेन्टेन्टेन्स क्षेत्रमा नेपालबाट कामदार ल्याउन सकिने बताउँदै त्यसका लागि आफुले सकारात्मक भुमिका खेल्ने बताएका थिए ।
न्यायमन्त्री र्युजी कोईजुमिसँग समेत भेट गरेका छन्। मन्त्री भण्डारीलाई मन्त्रालयमा स्वागत गर्दै न्यायमन्त्री कोइजुमीले नेपाल र जापानको द्विपक्षीय सम्वन्धलाई यस किसिमको भ्रमणले थप मजवुत बनाउने विश्वास व्यक्त गरे। भेटमा मन्त्री भण्डारीले नेपाली श्रमिकलाई परेको भिसा सम्वन्धी समस्यामा सहजीकरण गरिदिन र जापानी भाषा परीक्षा केन्द्रहरु बढाउन अनुरोध गरेका थिए। मन्त्री कोईजुमीले यस विषयलाई सम्वोधन गर्न आफूले काम गर्ने प्रतिवद्ता जनाए। भेटमा जापानका लागि नेपाली राजदुत डा। दुर्गा बहादुर सुवेदी र प्रतिनिधि मण्डलका सदस्यहरुको सहभागीता रहेको थियो।