18k
Shares
दाङ । दाङमा आइतबारदेखि एकसातासम्म लकडाउन गरिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले आइतबार राति १२:०० बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।
केन्द्रका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार यही भदौ २१ गतेसम्म लकडाउन हुनेछ । लकडाउनको समयमा अतिआवश्यकबाहेक अन्य गतिविधि गर्न नपाइने उनले बताए । - रासस