ललितपुर २ बाट डा. दीपेश केसीले बाजी मार्लान् ?

22.5k Shares

ललितपुर  जवाहरलाल नेहरु विश्वविद्यालयबाट पीएचडी, पत्रकार, खोज अनुसन्धानकर्ता, साहित्यकार, फुटबल, एथलेटिक्स कराँतेका पूर्वखेलाडी, समाजसेवी, प्रखरवक्ता लगायत डा. दीपेश केसीको पहिचान हो  बहुमुखी प्रतिभाका धनी केसी कुशल रणनीतिकारका रुपमा पनि चिनिन्छन्  अन्याय बेथितीविरुद्ध लेख्न बोल्न नडराउने केसीले सार्वजनिक जग्गा पुरातात्विक महत्वका क्षेत्रमाथिको अतिक्रमणविरुद्ध धेरै कलम चलाए  यस क्रममा उनलाई ज्यान मार्ने धम्कीहरु पनि धेरै आयो तर कहिले लेख्न बोल्न पछि हटेनन् 

अहिले डा. दीपेश केसी बेथिती, अराजकता अत्याचारको जरा उखेल्ने अठोटका साथ प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नं बाट चुनावी मैदानमा उत्रिएका छन्  ललितपुरको महालक्ष्मी नगरपालिका को विष्णुडोल गाउँमा बुवा पुष्पराज केसी आमा लीला केसीको कोखबाट जेठा सन्तानका रुपमा जन्मिएका केसी सानैदेखि तीक्ष्ण बुद्धि निडर थिए  विपन्न आर्थिक अवस्थाको परिवार थियो  कहिलेकाहीं छाक टार्न पनि कठिन थियो परिवारलाई  खेती किसानी बुवाको जागिरको भर थियो परिवारमा  तर, केसीको प्रगतिको रफ्तारलाई आर्थिक अभावले रोकेन 

लुभुको बालकुञ्ज माविबाट प्राथमिक शिक्षा, ललितपुरको सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमबाट माध्यमिक तह, पाटन संयुक्त क्याम्पसबाट आइएस्सी, गोदावरीको किटिनी कलेजबाट बीए, पाटन क्याम्पसबाट एमए उत्तीर्ण गरे केसीले  अध्ययनका बखत पनि उनी कुनै कुनै आयआर्जनको काममा लागिरहन्थे  कुटोकोदालो गर्दै हुर्किए, गाईपालन, कुखुरा पालन, च्याऊ खेती समेत गरे  कृषिमा उनी रमाउन जान्छन् 

विद्यालय पढ्दा पढ्दै गाउँ नजिकैको डीएम ब्रिक फेक्ट्री हरिसिद्धि ईट्टा टायल कारखानामा मजदूरी गरेका थिए केसीले  कलेज पढ्दा पढ्दै विद्यालयमा केही वर्ष पढाए  त्यसपछि पत्रकारितामा लागे  अध्ययन चल्दै गर्दा पत्रकारिता पनि सँगै बढाए  विद्यालय कलेज पढ्दा उनी सवारी साधन चढ्नै पैसा नभएर

सम्बन्धित समाचार