बोल्न छाडेर बालक खेलाएपछि...

14.3k Shares

काठमाडौँ । बाल अधिकारका लागि विभिन्न कार्यक्रमको आयोजना गरी शनिबार ६० औँ राष्ट्रिय बाल दिवस, २०८१ मनाइयो । त्यसै अनुरूप नेपाल बाल सङ्गठनले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रमको माहोल भने भिन्नै रह्यो । 

प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहनुभएको कार्यक्रममा उहाँले बोल्ने तयारी गर्नै लाग्दा एक बालक मञ्चको नजिकै देखा पर्नुभयो । त्यसपछि प्रधानमन्त्री ओलीले तत्काल आफ्नो बोल्ने पालो छाडेर ती बालकलाई काखमा राखेर निकैबेर खेलाउनुभयो । त्यसपछि आफैँले माइक अन गरेर निकै बेर बोल्न लगाउनुभयो । उहाँले बाबा, ममी, दिदी जस्ता सम्बोधन गर्न लगाई अरू पनि बोलाउने प्रयास गर्नुभयो । 

हेर्दा झलक्क घरमा हजुरबुवा हजुरआमाले काखमा खेलाए जस्तै खेलाएर बालकलाई माइकमा बोलाउने प्रयास गर्दा ती बालक पनि रत्तिएका थिए । बालकसँग प्रधानमन्त्रीको त्यस्तो व्यवहारलाई कार्यक्रममा उपस्थित अन्य बालबालिका र अरू सहभागीहरू पनि रुचिपूर्ण अवलोकनमा थिए । 

हुन त प्रधानमन्त्रीको बालबालिकाप्रतिको यो रुचि पहिलो होइन । यस्तै व्यवहारका कारण उहाँलाई बा ! भनेर सम्बोधन गर्ने जमात ठुलो छ । 

उहाँले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा मात्र होइन, समाजका विभिन्न वर्गका बालबालिका, युवाले पनि प्रधानमन्त्री ओलीलाई बा नै भन्छन् । 

त्यसमा अध्यक्ष ओली प्रायः पार्टीका कार्यकर्तालाई छोराछोरी भनेरै आत्मीय दर्साउनु हुन्छ, तिनै बालबालिकासँग रमाउनु हुन्छ र ज्ञानका कुरा बाँड्नु हुन्छ । उहाँको त्यस्तो ज्ञान बालबालिकाका लागि मात्र नभई अन्य वर्गका लागि पनि मार्गदर्शक हुने गरेको छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार