19.2k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६९७ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ४९०, भक्तपुरमा ७९ र ललितपुरमा १२८ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो चौबीस घण्टामा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा परीक्षण गरिएकामध्ये ४८.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
नेपालमा आजसम्म कोभिड–१९ का सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।