अध्यक्ष महर्जनको भ्रामक समाचारप्रति खोजतलास मिडियाको आपत्ति

27.5k Shares

ललितपुर । खोजतलास मिडिया प्रालिका अध्यक्ष भरत महर्जनको विषयलाई लिएर विभिन्न संचार माध्यममा कपोकल्पित र भ्रामक समाचारहरु प्रकाशित गरी चरित्र हत्या गर्ने उद्देश्यले प्रकाशित समाचारको विषयलाई लिएर खोजतलास मिडिया प्रालिको आपत्ति रहेको छ । 
आफ्नो व्यक्तिगत कामको सिलसिलामा विदेशमा रहनु भएका खोजतलास मिडियाका अध्यक्ष महर्जनले सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लि.बाट सत्रौं साधारणसभादेखि अध्यक्षबाट राजीनामा दिई सम्पूर्ण जिम्मेवारी अध्यक्ष हेमराज दाहाललगायत संचालक समितिलाई सम्पूर्ण दायित्व बहन गर्ने गरी जिम्मेवारी दिनुभएको थियो । 
सहकारीको जिम्मेवारीबाट मुक्त रही सम्पूर्ण जिम्मेवारी अध्यक्ष हेमराज दाहालको कार्यसमितिलाई दिइसकेको पाँच वर्ष पूरा भइसकेको अवस्थामा पनि महर्जनलाई सहकारीसँग जोड्दै व्यापक आर्थिक हिनामिना गरेको र पाँच अर्ब रुपैयाँ लिएर बिदेशिएको भन्ने समाचार प्रकाशितले मर्यादित संचार माध्यमप्रति नै प्रश्न उठाउनुपर्ने अवस्था आएको छ । यथार्थता के हो सम्म नबुझी समाजमा एउटा बेग्लै पहिचान बनाई सक्नुभएका महर्जनका विषयमा सामाजिक मर्यादामा आँच आउने र चरित्र हत्या हुने समाचार प्रकाशित गर्ने संचारमाध्यमहरुप्रति खोजतलास मिडिया प्रा.लि. घोर आपत्ती जनाउँदछ । 

सम्बन्धित समाचार