राष्ट्रिय परिचयपत्र छापेर पनि दराजमै

18.3k Shares

उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरमा छापिएर आएका राष्ट्रिय परिचयन पत्र लामो समय देखि बितरणमा ध्यान नदिदा दराजमा थन्किएर बसेको छ । बितरणमा ध्यान नदिदा हजारौं राष्ट्रिय परिचयपत्त्र वितरण नभई थन्किएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरको तथ्यांक अनुसार ३६ हजार ८०० भन्दा बढी परिचयपत्र अझै पनि कार्यालयमा थन्किएर रहेका छन् ।

उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार अहिले सम्म ७ हजार २८ जनाले मात्रै परिचयपत्र बुझेर लगेका छन् । घुम्ती टोली मार्फत र जिल्ला प्रशासन कार्यालय उदयपुरबाट परिचयपत्रको विवरण दर्ता गराईएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार घुम्ती टोली मार्फत पालिकाको वडा वडामा विवरण दर्ता गराएकाको परिचयपत्र भने हालसम्म पनि आएको छैन । वडाबाट लिएको परिचयपत्र वडामै आउने तर कहिले आउछ भन्ने निश्चित नभएको रेग्मीले बताए । जिल्ला प्रशासन कार्यालयमा विवरण दर्ता गराएका मध्ये ३६ हजार ८ सय परिचयपत्र छापिएर आएको राष्ट्रिय परिचयपत्र बिभागका कर्मचारी जीवन फुँयालले जानकारी दिए ।

उनका अनुसार २०८० बैशाख सम्म लिएको विवरण छापिएर आएको जानकारी दिए । परिचयपत्र बनेर आएको र लिन आउनका लागि सम्बन्धित व्यक्तिको मोवाईल नम्बरका समेत सन्देश पठाइए पनि सेवाग्राही नआएको उनको भनाई छ । विवरण दर्ता गर्दा राखिएको मोबाइल नम्बरमा म्यासेज गएको भए पनि यसको महत्व नबुझेर लिन नआएको हुन सक्ने फुँयालले बताए ।

कतिपयको तत्कालीन समयमा दिइएको मोबाइल नम्बर नभएको, सम्बन्धित व्यक्तिको मृत्यु भएको, देश बाहिर रहेको र म्यासेज नहेरेका कारणले पनि समस्या भएको हुन सक्ने भनाइ छ । परिचयपत्र लिनका लागि सम्बन्धित व्यक्ति नै आउनु पर्ने र फिंगरप्रिन्ट दिनुपर्ने भएकाले एकै घरका भए पनि अरू कसैलाई दिन नमिल्ने प्रशासनले जनाएको छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार