झापामा चट्याङ लागेर महिलाको मृत्यु

5.5k Shares

सुरुङ्गा– चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो । 

आज बिहान ११ः०० बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएकी थिइन् । मुसहर बस्ती निवासी उनी खेतमा बाख्रा लिन गए बेला उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार