17.7k
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ुअनफलोु गर्ने अभियान चलाइएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा ओलीलाई अनफलो अभियान चलाएका हुन् ।
मंगलबार अपराह्न मेयर बालेनले आफ्नो पोस्ट हटाइएको दाबीसहिको पोस्ट गरेका थिए । उनले सरकारकै संलग्नतामा आफ्नो पोस्ट हटाइएको संकेत गरेका छन् ।
त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न थालेका हुन् । मंगलबार राति ८ बजेतिर ओलीलाई छ लाख २६ हजारले फलो गरेको देखिन्थ्यो । तर, डेढ घण्टापछि साढे ९ बजेतिर झन्डै पाँचहजार जनाले अनफलो गरेका छन् । साढे ९ बजेतिर उनको फलोअरको संख्या छ लाख २१ हजारमा झरेको छ ।