एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

16.2k Shares

काठमाडौं– संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दैछ। बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ। 

एमालेले मंसिर १४ गतेदेखि सुरु गर्न लागेको मध्यपहाडी क्षेत्रको केन्द्रित अभियानका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको हो। 

एमालेले मंसिर १४ गतेदेखि झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान सुरु गर्दैछ। सामाजिक सद्‌भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि भन्दै एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्न लागेको हो। बैतडीको झुलाघाटबाट उद्‌घाटन हुने अभियान पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुने एमाले नेताहरुले बताएका छन्। 

सम्बन्धित समाचार