कमलपोखरी हडप्ने तिकडम! कसरी बनाइयो छायादेवी सेन्टर ?

14.2k Shares

काठमाडौं । ठमेलको मुटुमै रहेको एतिहासिक कमलपोखरी मासेर छायादेवी सेन्टर बनाउन पृथ्वीबहादुर पाँडेले सत्ता शक्तिको हस्तक्षेपकारी भूमिकाबाट हत्याउन सफल भएको देखिन्छ । सदियौं पुरानो पुरातात्विक (धार्मिक र सांस्कृतिक) महत्वको स्थल कब्जा गर्न सत्ता र षड्यन्त्रको कसरी प्रयोग गरिँदो रहेछ भन्ने छायादेवी सेन्टर एक उदाहरण हो ।

सत्ता र शक्तिबाट पालितपोषित व्यवसायी र आफ्नो पहिचान स्थापित गर्न लागिपरेका नेवार समुदायबीच चलिरहेको संघर्ष एतिहासिक कमलपोखरीसँग जोडिन्छ । कमलपोखरीको विषय उठाउँदा १ सय १७ वर्षअघिको इतिहास केलाउन जरुरी छ ।

यो छाया सेन्टरको विवाद बुझ्न पहिला ठमेल–२९ स्थित राणाकालीन केशरमहल दरबारसँगै जोडिएको लिच्छवीकालीन विक्रमशील महाविहारको विषय बुझ्न जरुरी छ । महाविहार जसलाई ‘थँ वहिल’ पनि भनिन्छ, सम्मुख रहेको धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी मिचेर बनाइएको छाया सेन्टर अहिले विवादको केन्द्रमा रहे पनि यस पुरातात्विक स्थलको ऐतिहासिक वैभवता बुझ्न जरुरी रहेको छ ।

इतिहास बुझ्दा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र यस विहारमा जन्म–मरण संस्कार बज्राचार्यले गर्ने गरेको पाइन्छ । १ सय ५२ घर परिवार सदस्य रहेको प्रधानहरूले श्री सिंह सार्थवाहक गरुड भगवान् गुठीअन्तर्गत विक्रमशील महाविहारको रेखदेख गर्दै आएका थिए । डंगोल र महर्जन समुदायले विहारको सरसफाइ र संरक्षणमा योगदान दिन्छन् ।

कपाली समुदायले जात्रा–पर्व र सांस्कृतिक मेलामा बाजागाजा बजाउने कार्य गर्छन् । नङ काट्ने काम नाउनी र मूल देउताको पूजा ‘पाँचथरी श्रेष्ठ’ले सम्पादन गर्छन् । बौद्ध धर्मावलम्बीले यस विहारमा प्रज्ञा पारमिताको सूत्रपाठ गर्ने परम्परा छ । प्रधान परिवारका पुर्खा सिंह सार्थवाहले पुनर्निर्माण गरेको यस विहारमा प्रधान खलकले मूर्ति स्थापना गरी कुल देवताका रूपमा उनको पूजाआजा गर्दै आइरहेका छन् । श्री सिंहसार्थ वाहु गरुड भगवान् गुठीका सदस्य मधुमम प्रधानका अनुसार, थँ वहिल अपभ्रंश हुँदै ठमेल नामकरण भएको ठानिन्छ । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार