कैदीबन्दी बढे, सुविधा खुम्चियो

15.2k Shares

काठमाडौँ । पछिल्लो समय मुलुकमा अपराधका घटना बढेसँगै देशभरका मुख्य सहर र आसपासका कारागारमा कैदीबन्दीको चाप अत्यधिक छ । खाना खाने, सुत्ने, नुहाउने तथा शौचालय जस्ता न्यूनतम सुविधा लिनसमेत कैदीबन्दी लइनमा बसेर कुर्नुपर्ने अवस्था छ । 

कैदीबन्दीको बढ्दो चापको अनुपातमा कारागारको क्षमता वृद्धिमा भने राज्यको खासै ध्यान पुग्न सकेको छैन । राणाकालीन समयमा स्थापना भएको काठमाडौँको सुन्धारास्थित जगन्नाथ देवल (केन्द्रीय कारागार), डिल्लीबजार कारागार, मकवानपुरको भीमफेदी कारागार, ललितपुरको नक्खु कारागार, सुनसरीको झुम्का कारागारलाई समय अनुकूल थप विस्तार हुन सकेका छैनन् । जीर्ण भवन र कैदीको चापका कारण यी कारागारको सुरक्षा र आन्तरिक व्यवस्थापनसमेत जटिल बन्दै गएको छ । 

पछिल्लो १० वर्षमा कैदीबन्दी तथा थुनुवाको सङ्ख्या झन्डै दोब्बर हुँदा नयाँ कारागारको क्षमता वृद्धि निकै कम छ । कारागार व्यवस्था विभागको तथ्याङ्क अनुसार २०६६ असार मसान्तसम्म कैदीबन्दीको सङ्ख्या ११ हजार पाँच सय रहेको थियो । यो सङ्ख्या २०७३ सालमा बढेर १७ हजार ५४९ पुगेको पुगेको थियो । कारागार व्यवस्थापन विभागका अनुसार २०६६ मा साढे एघार सय कैदीबन्दी रहेकामा २०७४ मा १७ हजार ८५३ र २०८१ असार मसान्तसम्म २८ हजार ६१३ जना पुगेको छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार