एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेकाहरू थाके कि के हो ? : गोकुल बास्कोटा

16.2k Shares

काठमाडौँ । नेकपा एमालेको एकता प्रक्रियाबारे पूर्वमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहका नेता गोकुल बास्कोटाले प्रश्‍न गरेका छन् । सोमबार ट्‍वीट गर्दै बास्कोटाले एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेकाहरू नै थाके कि के हो ? भन्‍दै प्रश्‍न गरेका छन् ।

"एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ?" बास्कोटाले प्रश्‍न गरेका छन् "खिचडी पाक्ने त हो-होइन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन ।"

बास्कोटाले ट्‍वीट गरेका छन् "अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्‍ने । त्यो नमान्‍ने भए भो छोडदिम, झुर्का खोज्‍ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम ।" 

 

सम्बन्धित समाचार