‘वर एन्ड बधू’को पोस्टरमा रोमान्टिक विवेक र आँचल

14.1k Shares

काठमाडौँ । भदौको १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘वर एन्ड बधू’को तीन नयाँ पोस्टर रिलिज गरिएको छ । सार्वजनिक ३ पोस्टरमध्ये दुई वटा पोस्टरमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ । यस्तै, एक पोस्टरमा भने फिल्मका अधिकांश कलाकारहरू अटाएका छन् ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा विजय लामा, किरण केसी, रविन्द्र खड्का, सृष्टि खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारहरूको अभिनय छ ।

प्रदीप भारद्वाजको लेखन रहेको यो फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा जानुका थापाको लगानी छ । फिल्ममा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ । रोमान्टिक कमेडी जनरामा निर्माण भएको यो फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

 
 
सम्बन्धित समाचार