खेल माल्दिभ्सविरुद्ध खेल्दै नेपाल

16.2k Shares

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । यसअघिका तीनमध्ये नेपाल दुई खेलमा विजयी भएको थियो । माल्दिभ्स भने प्रतियोगितामा जितविहीन छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा नेपाल र माल्दिभ्सबीचको खेल बेलुका ५ः१५ बजे सुरु हुनेछ ।

नेपालले यसअघि पहिलो श्रीलंकालाई खेलमा सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले भारतविरुद्ध ३–२ को जित निकालेको थियो । नेपाल तेस्रो खेलमा इरानसँग ३–२ कै सेटमा पराजित भएको थियो ।

आजै भारतले श्रीलंकाविरुद्ध खेल्ने तालिका छ ।

प्रतियोगितामा चार खेलबाट सात अंक जोडेको इरान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट ६ अंकको नेपाल तेस्रो स्थानमा छ ।

सम्बन्धित समाचार