काठमाडौं– साताको अन्तिम नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकको करेक्सन आएको छ । बिहीबार नेप्सेमा झिनो अंकको करेक्सन आउँदा करिब पौने २२ अर्बको कारोबार भएको छ ।
आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा ६ वटा समूहको नेप्से भने बढेको छ । नेप्से ५.२९ अंकले नेप्से घट्ता १६४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । नेप्से ०.१९ प्रतिशतले नेप्से घटेर २७५५.६२ विन्दुमा पुग्दा १३ वटा समूहमध्ये ७ वटा समूह राताम्य भएको छ ।
बिहीबार प्रतिशतको आधारमा सबैभन्दा बढी ट्रेडिङ समूहको शेयर घटेको छ । उक्त समूहको शेयर ३.५७ प्रतिशतले घटेर ३६४५.८४ विन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम अन्य समूहको शेयर मूल्य घटेको छ । अन्य समूह ०.२२ प्रतिशतले घटेर २०७४.०७ विन्दुमा पुगेको छ ।
प्रतिशतको आधारमा लाइफ इन्स्वरेन्सको शेयर मूल्य बढेको छ । उक्त समूह ३.६९ प्रतिशत अर्थात ४७४.७२ अंकले बढेर १३३०७.४७ बिन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा सबैभन्दा कम हाइड्रो समूहको बढेको छ । हाइड्र ०.३५ प्रतिशतले बढेर ७२७३.६७ विन्दुमा पुगेको छ ।
नेप्सेमा करेक्सन आउँदा पनि कारोबार भने बुधबारको तुलनामा नै भएको छ । बुधबार भन्दा २० करोड रुपैयाँ कारोबार भएको छ । प्रि ओपन सेसनमा ११ अंकले बढेर सुरु भएको नेप्से बजार बन्द हुँदा ५ अंकले घटेपनि कारोबार २१ अर्ब ७१ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको भएको छ ।