क्यासिनोकाे निलम्बन फुकुवा गर्न चलखेल

14.5k Shares

काठमाडौं  । आंफैले निलम्बन गरेको क्यासिनो फेरि फुकुवा गर्न पर्यटन बिभागमा ठूलो चलखेल भएको छ । निलम्बन क्यासिनो फुकुवा गर्न पर्यटन बिभागका महानिर्देशक रूद्र पण्डित र केही व्यावसायीहरू लागि परेको थाहा भएको छ । 

casino 11.jpg
दरबारमार्ग स्थित हाेटल डेला अन्नपूर्णमा संचालित क्यासिनो प्यालेस विगत दुई महिना देखि बन्द रहेको छ । हाेटल अन्नपूर्ण विगत चार बर्षदेखि बन्द रहेको छ । हाेटल नै बन्द रहेको अवस्थामा हाेटल परिसरमा रहेको क्यासिनो संचालन भैरहेको भन्दै पर्यटन बिभागले गत दुई महिना अघि पत्र पठाउंदै क्यासिनो निलम्बन भएको भन्दै बन्द गर्न आदेश दियो । हाेटल अहिले बन्द अवस्थामा छ । तर बन्द रहेको हाेटलका संचालक मात्रै नभएर क्यासिनोका संचालकहरू समेत निलम्बन भएको क्यासिनो फुकुवा गराउन लागि परेका छन् । आंफैले बन्द गराउन पत्र काट्ने पर्यटन बिभागका महानिर्देशक रूद्र पण्डित समेत क्यासिनो खुलाउन लागि परेका छन् । समाचार स्रोतका अनुसार क्यासिनो निलम्बन फुकुवा गराउन रकमको ठूलो चलखेल समेत भैरहेको छ । महानिर्देशक पण्डितलाई क्यासिनो र हाेटलका संचालकहरूले व्यापक दबाब समेत दिएर क्यासिनो खुलाउने अभियानमा लागेको समेत थाहा भएको छ । 

casino.jpg
हाेटल अन्नपूर्ण २०८१ साल सम्म नबिकरण रहेको छ । तर हाेटल भने चार बर्ष देखि बन्द छ । हाेटल बन्द भए पनि क्यासिनो भने निरन्तर चलिरहेको थियो । बन्द हाेटलमा क्यासिनो संचालन भएको भनी धेरै बिबाद भए पछि पर्यटन बिभागले क्यासिनोलाई निलम्बन गर्दै बन्द गर्न निर्देशन दिएको थियो । अहिले सत्ता समिकरण नयाँ बनेसंगै हाेटल र क्यासिनोका संचालकहरू क्यासिनोकाे निलम्बन फुकुवा गर्न लागि परेका छन् ।

सम्बन्धित समाचार