अत्तरियाबाट लागूऔषधसहित तीन जना पक्राउ

18k Shares

धनगढी, २१ भदौ । कैलालीको अत्तरियाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–३ का १८ वर्षीय कृष्ण रावल लागूऔषधसहित पक्राउ परेका हुन्। ६० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेतीले रावललाई बुधबार पक्राउ गरेको हो।

त्यस्तै गोदावरी नगरपालिका–१ भरतपुरका २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ का २७ वर्षीय अर्जुन चौधरीलाई नरेश चौधरीकै घरबाट दुई सय मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

सम्बन्धित समाचार