अमेरिकी दूतावासलाई लेखेको पत्रले उपसभामुख राना विवादमा तानिन्

16.7k Shares

काठमाडौं - केही नेपाली युवालाई अमेरिका पठाउन दूतावासलाई सिफारिससहित लेखेको पत्र बाहिरिएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् ।

धर्मपुत्र-पुत्री बनाएर विदेश पठाउने काममा पनि सन्देहास्पद भूमिका रहेको आरोप लागिरहेका बेला उपसभामुख रानाले केही युवाका लागि भिसा दिन भन्दै अमेरिकी दूतावासलाई लेखेको पत्रले अर्को समस्या निम्त्याएको हो ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी रानाले २६ फेब्रुअरी २०२३ मा लेखेको एउटा पत्र अहिले भाइरल भएको छ । उनले आफूसहित ६ जनालाई भिसाका लागि दूतावासमा पत्र लेखेकी थिइन् ।

आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्रमा उनले आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङका लागि उनले न्यूयोर्कमा हुने कार्यक्रममा जान भिसा लगाइदिन भनेकी थिइन् ।

रानाले युएन उमेनको न्यूयोर्कमा हुने ६ मार्च २०२३ देखि १७ मार्चा २०२३ सम्म हुने सीएसडब्लु६७ मा भाग लिनका लागि भिसा दिन अमेरिकी दूतावाससमक्ष सिफारिस गरेकी थिइन् ।

उनले उक्त पत्रमा युएन उमेनको उक्त कार्यक्रम नेपालबाट जाने सबै प्रतिनिधिका लागि एकदमै महत्वपूर्ण रहेको जिकिर गरेकी छन् । रानाले यस कार्यक्रम महिला सशक्तीकरण विकासमा सहयोग पुग्ने तर्कसहित अमेरिकाबाट आएको निम्तोको सराहना गरेकी छन् ।

सम्बन्धित समाचार