केपी ओली मन्त्रिपरिषद्को पहिलो बैठकका १० निर्णय यस्ता छन् !

15.5k Shares

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १० निर्णय सार्वजनिक भएको छ। सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न १० वटा निर्णय गरेको सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकले लोकतन्त्र स्थापना गर्न योगदान ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ। यस्तै बैठकले हालैको दिनमा परेको अविरल वर्षापछि आएको बाढी पहिरोबाट ज्यान गुमाउने मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै  मृतकका परिवारमा समवेदना प्रकट गरेको छ। यस्तै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको गुरुङले जानकारी दिए। 

यस्तै बैठकले बाढी पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई राहत प्रदान गर्ने निर्णय पनि गरेको गुरुङले जानकारी दिए। यस्तै २०८२ सम्म असार मसान्त भित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय मन्त्रिपरिषद्ले  गरेको छ। 

यसैगरी कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट निर्माण र प्याराफिट निर्माण ३०० दिनभित्र सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ। 
यसैगरी अघिल्लो सरकारका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय समेत बैठकले गरेको छ। 

सम्बन्धित समाचार