रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

17.9k Shares

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–६ निगालपानी निवासी अन्दाजी ३२ ३३ वर्षीय महेश थापा रहेको बताईएको छ ।

रातिको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न नआएको र त्यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ ।

दुर्घटनामा परी ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।

सम्बन्धित समाचार