काठमाडौंसहित देशभर आइतबार पनि दिनभर वर्षा सम्भावना, सोमबार कम हुने

16.4k Shares

काठमाडौं । पानी पार्ने मौसमी प्रणाली मनसुन सक्रिय हुँदा शनिबार देशभर वर्षा भएको छ । शुक्रबार रातिदेखि नै निरन्तरजसो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कतिपय स्थानमा ‘अति भारी’ वर्षा समेत मापन गरिएको छ । यो अवधिमा काठमाडौंमा ‘धेरै भारी’ वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबार (भोलि) शनिबार (आज)कै जस्तो मौसम हुने अनुमान छ । आइतबार पनि देशभर वर्षा हुने महाशाखाले जानकारी दिएकाे छ ।

आइतबार पूर्व र मधेस प्रदेशको तुलनामा पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना बढी रहेको उनले बताए । “यो सिजनमा पानी नपर्ने भन्ने त हुँदैन, पानी सबैतिर पर्छ । भारी वर्षाचाहिँ पूर्व र मधेस प्रदेशभन्दा पश्चिम क्षेत्रमा बढी हुने देखिन्छ ।

सम्बन्धित समाचार