काठमाडौं । एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्ष्यमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्यासब्याक’ योजना ल्याएको छ । यो योजनाले ग्राहकलाई ५० र १०० रुपैयाँको प्रत्येक रिचार्जमा पाउँदै आएकोभन्दा बढी मेन ब्यालेन्स पाइने एनसेलले जनाएको छ ।
यो योजनाअन्तर्गत ५० रुपैयाँ रिचार्ज गर्दा कम्तीमा अहिले पाइने ४९.०२ रुपैयाँभन्दा बढी अर्थात ५१ रुपैयाँ मेन ब्यालेन्स प्राप्त गर्न सकिन्छ । त्यसैगरी १०० रुपैयाँको रिचार्जमा अब कम्तीमा ९८.०४ भन्दा बढी १०२ रुपैयाँ मेन ब्यालेन्स पाउँछन् । यो योजना आइतबार (पुष ५) बाट लागू भएको छ र १५ दिनका लागि संचालनमा रहने एनसेलले जनाएको छ ।
योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई प्रत्येक रिचार्जमा विद्यमानभन्दा बढी मेन ब्यालेन्स प्रदान गरिने छ । ५० रुपैयाँ रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम १०० रुपैयाँसम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी १०० रुपैयाँ रिचार्ज गर्नेले २०० रुपैयाँसम्म मेन ब्यालेन्स पाउनेछन् ।
क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याइएको कम्पनीले जनाएको छ । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीईफटी) तथा अनलाइन जुन कुनै पनि माध्यमबाट गरिएको ५० र १०० रुपैयाँको प्रत्येक रिचार्जमा थप मेन ब्यालेन्सको लाभ लिन सकिने छ । यो योजना पुस १९ गते सम्म लागू हुनेछ ।