दुर्गा प्रसाईंले साढे ४ बजे निवासभित्रै पत्रकार सम्मेलन गर्ने

17.7k Shares

काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको ब्यानरमा मङ्सिर ७ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन थालेका उनलाई शुक्रवार प्रहरीले घरबाट बाहिर निस्कन दिएको छैन । 

आफू होम अरेस्ट अर्थात नजरबन्दमा परेको बताउने उनले घरभित्र साढे ४ बजे पत्रकार सम्मेलन गर्ने उनको सचिवालयले जनाएको छ । दोस्रो दिनको आन्दोलन काठमाडौँको तीनकुनेमा गर्ने र श्रीलङ्काको शैलीमा नेताका घर घरमा जाने बताएपछि प्रशासनले उनी र उनका समर्थकमाथि कडा नीति लिएको छ । 

सम्बन्धित समाचार