रवि लामिछानेको मुद्दामा दुई न्यायाधीशको राय बाझिँदा सर्वोच्च अनिर्णित

16.6k Shares

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा दुई न्यायाधीशको राय बाझिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा दुवै पक्षको बहस सकिएसँगै आदेश दिने क्रममा राय बाझिएपछि सर्वोच्च अनिर्णित भएको हो ।

मंगलबार र बुधबार दुई दिनमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ राखिएको मुद्दामा बिहीबार जवाफी बहस सकिएसँगै आदेश आउनुपर्ने थियो । यो मुद्दाको छिनोफानोका लागि अब सर्वोच्चले कम्तीमा तीन न्यायाधीश सम्मिलित पूर्ण इजलास गठन गरेर बहुमतका आधारमा निर्णय दिने छ ।

अधिवक्ता अनुप भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको मागसहित गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जबाफी बहस भएको थियो। बुधबार पनि अधिवक्ताहरूले जबाफी बहस गरेपछि आदेश आउने भनिएको थियो । तर नसकिएपछि बिहीबारलाई हेर्दाहेर्दैमा राखिएको थियो ।

सम्बन्धित समाचार