गाजाको ९० प्रतिशत जनसंख्या विस्थापित

17.8k Shares

न्युयोर्क । संयुक्त राष्ट्रसंघका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजापट्टीको ९० प्रतिशत जनसंख्या कम्तीमा एकपटक विस्थापित भएको पुष्टि गरेका छन् ।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा मानवीय मामिला समन्वयका लागि राष्ट्रसंघीय कार्यालय ९ओसीएचए०का प्रमुख एन्ड्रिया डे डोमेनिकोले गाजामा जनसंख्या २१ लाख रहेको अनुमान गरिएको पत्रकार सम्मेलनमा बताए । 

यस समयमा, गाजापट्टीमा प्रत्येक दशमध्ये नौजना कम्तीमा एकपटक आन्तरिकरूपमा विस्थापित भएको उनले बताए ।  

उनले सन् २०२३ अक्टोबरदेखि ३७ हजारले ज्यान गुमाएको जानकारी दिए । उनका अनुसार ११ लाख नागरिकले गाजापट्टी छाडेको र उत्तरी गाजामा अझै पनि तीन लाखदेखि तीन लाख ५० हजार मानिस दक्षिणमा सर्न नसक्ने अवस्थामा छ ।

राष्ट्रसंघका अधिकारीले इजरायली कब्जामा रहेका क्षेत्रहरू खाली गर्ने आदेशपछि विगत दुई दिनमा विस्थापित भएका व्यक्तिहरूलाई विस्थापितको संख्यामा जोडिनु आवश्यक नभएको बताएका छन् । उनीहरूमध्ये प्रायः सबै विस्थापितको गणनामा परिसकेका छन् ।

सम्बन्धित समाचार