16.1k
Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति कटाक्ष गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आपसमा सँगै बसेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै उनले कटाक्ष गरेका हुन् ।
“यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले,” उनले फेसबुकमा लेखेका छन् ।
दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीच गए राति सत्तासाझेदारीको सहमति भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।