सुनसरीको तस्करीको ठेक्का हाजिलाई, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रश्रय

18.1k Shares

सुनसरीका नाका अहिले तस्करहरूको लागि उर्वर भूमि बनेका छन् । कोशी पारि ठूलो र चर्चित तस्करको नामले चिनिने हाजिले अहिले सुनसरीको तस्करीको ठेक्का पाएका छन् । हाजि उनी आंफै तस्करीको धन्दामा त छदैछन उनले सुनसरी जिल्लाका नाकाबाट तस्करी गर्ने तस्करहरूको सेटिङ गर्ने जिम्मेवारी पनि लिएका छन् । नेपाल प्रहरी , सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका जिल्ला स्थित प्रमुखलाई मिलाएर त्यस मार्फत मातहतका सीमावर्ती चौकी र बिओपी प्रमुखको सहयोगमा अहिले सुनसरीका नाकाबाट ठूलो मात्रामा तस्करी भैरहेको छ । हाजि र जमसेद नजिकका आफन्त हुन । उनीहरूको संरक्षण र सेटिङमा जिल्लाका सबै तस्करहरूले तस्करीको लाइन पाएको यहाँका स्थानीय व्यवसायीहरू बताउँछन् । त्यस वापत हाजिले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई गरि मासिक ५० लाख रूपैयाँ दिने गरि लाइन लिएको यहाँका व्यवसायीहरूको दावी छ । 
सुनसरीको होस्की नाकाबाट अहिले सबैभन्दा बढी तस्करीको लाइन चलेको छ । यो नाकाबाट हाजि र जमसेद आंफै तस्करी धन्दा गर्ने गर्दछन । उनीहरूले यस नाकाबाट नेपालबाट स्याउ भारत तर्फ र भारतबाट कपडा अनि चिनीको ठूलो तस्करी धन्दा गर्दै आइरहेका छन् । उनीहरूले पिकअप र ट्याक्टरको प्रयोग गरेर नै ठूलो मात्रामा तस्करी गर्दै आइरहेका छन् । 
त्यसैगरी अर्को नाका साहेवगंजबाट पनि व्यापक तस्करी भैरहेको छ । यस नाकाबाट पनि स्याउ भारत र कपडा तथा चिनी भारतबाट नेपाल तर्फ तस्करी भैरहेको छ ।यो नाकाबाट तस्करीको लाइन पाउनेमा सशस्त्र प्रहरी बलका पूर्व प्रहरी प्रेम र मुन्ना गरि दुई जनाले लाइन पाएका छन् । साथै इनरूवा एवं भण्टावारी नाकाबाट चिनी र मटरको तस्करी पनि व्यापक मात्रामा भैरहेको छ ।
लौकही, उल्टी, श्रीपुर, बसन्तपुर, नरसिंह, घुस्की, कप्तानगन्ज, देवानगन्ज, अमडुवा, लगायतका नाकाबाट भारतीय तस्करहरुले नेपाली तस्करसँग मिलेर दैनिक रूपमा भन्सार छलेर लाखौंको अवैध समान भित्राउने गरेका छन् । जसका कारण दैनिक लाखौं रुपैँया राजश्व संकलनमा असर पुगेको छ । भारतीय नागरिकहरु तस्करीमा सक्रिय रहेको पाइएको छ । 
भारतबाट विभिन्न प्रकारका कपडा, खैनी, रजनीगन्धा, चिनीलगायत विभिन्न किराना सामानहरूका साथै पटकाजन्य पदार्थ अवैधरूपमा भित्रिने गरेको छ भने नेपालबाट खासगरी मदिरा तस्करी हुने क्रम बढेको पाइएको छ । सीमावर्ती क्षेत्र हुँदै भारतीय बजारबाट लुकिछिपी पटकाजन्य पदार्थको तस्करी हुने क्रम बढेको स्थानीय बताउँछन् । तस्करहरूबाट आर्थिक फाइदा लिई जिल्लाको लौकही नाकाबाट तस्करी गराउँदै आएको भन्दै इलाका प्रहरी कार्यालय लौकहीमा कार्यरत एकजना प्रहरीको विषयमा केही समयअगाडि प्रदेश प्रहरी कार्यालय विराटनगरमा उजुरीसमेत परेको थियो ।
नाकाबाट सुरक्षाकर्मीलाई मोटो रकम दिएर पूजन यादव, अमित गुप्ता, पार्वती चौधरी, बच्चु पौदार, निरु राई, सीता बस्नेत, मीनालगायतले किराना सामानहरू तस्करी गराउँदै आएका छन् भने भारतीय कपडा व्यापारी विद्यानन्द साहलगायतले कपडा तस्करी गराइरहेका छन् ।यस्तै जिल्लाको भण्टाबारी नाकाबाट समेत भारतीय सामानहरू इनरुवा, इटहरी, धरान र काठमाडौंसम्म पु¥याउने गिरोह सक्रिय रहेको स्थानीयको आरोप छ । भारततर्फबाट खेतको बाटो प्रयोग गरेर भारतीय बजारबाट सुर्ती, बिँडी, चिनी, रजनीगन्धा, प्याज, कपडा, सिमेन्ट, माछा लगायतका सामानहरु मोटरसाइकलमा लोड गरेर नेपालतर्फ भित्र्याउने क्रम करिब बिहानको ४ बजेसम्म चल्ने गरेको सिमा क्षेत्रका स्थानियहरुले बताएका छन् ।मोरङको जोगबनी नाकामा कडाइ हुन थालेपछि तस्करले भन्टाबारी नाका प्रयोग गर्न थालेका हुन्। हररिया र वीरपुर जिल्ला हुँदै मोटरबाटो कालोपत्रे भएका कारण पनि तस्करले भन्टाबारी नाका प्रयोग गरी अवैध ढंगले सामान नेपाल भित्र्याउने गरेको पाइएको प्रहरीले जनाएको छ।
भन्टाबारी नाकामा सेतुबन्ध भन्सार कार्यालय र सशस्त्रको बोर्डर आउटपोस्टबाट चौबिसै घण्टा प्रहरी परिचालन हुने गरेका छन्। तर, तस्करले भन्सार कर्मचारी र सशस्त्रकै मिलेमतोमा भन्सार छली करोडौंका सामान भित्र्याउने गरेको स्थानीय दीगम्बर यादवले बताए। ‘नाकामा प्रहरीले कडाइ नगरेका कारण तस्करीले प्रश्रय पाएको हो’, उनले भने।
भन्टाबारी नाकाबाट काठमाडौं, वीरगन्जलगायत स्थानका पसलको भ्याट बिल प्रयोग गरी तस्करले भारतको वीरपुर हुँदै तस्करीको सामान भिœयाउने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीले बताए। तस्करीको सामान बरामद गर्दा तस्करले काठमाडौं र वीरगन्जका पसलको बिल देखाउने गरेको उनले सुनाए।

सम्बन्धित समाचार