पूर्वभूमिसुधार पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

17.2k Shares

काठमाडौँ– पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति रायको हत्या भएको हो ।

८० वर्षीय रायको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

 

सम्बन्धित समाचार