गण्डीकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त हुँदै

17.1k Shares

काठमाडौैं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुँदैछन् ।

सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

पाण्डे संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

सम्बन्धित समाचार