फेरि अर्को विमान हवाई तुफानमा पर्‍यो, कतार एयरवेजका १२ यात्रु घाइते

17.9k Shares

डब्लिन । कतारको दोहाबाट डब्लिनका लागि उडेको कतार एयरलाइन्स विमान हवाई तुफान ९टर्बुलेन्स०मा पर्दा १२ जना घाइते भएका छन् । स्थानीय समय अनुसार आइतबार १ बजे डब्लिनमा अवतरण भएको थियो  ।

डब्लिन विमानस्थलका अनुसार चालक दलका ६ जना र ६ जना यात्रुहरू घाइते भएका छन् । कतार एयरवेजको फ्लाइट क्यूआर १०७ को उडान टर्कीको आकाशमा रहेको बेलामा हवाई तुफानमा परेको थियो ।

डब्लिन विमानस्थलले यात्रुहरूलाई सहयोग गर्ने काम भइरहेको र स्टाफ तथा अपरेसनको कार्यमा कुनै पनि असर नगरेको जनाएको छ । कतार एयरवेजले घाइतेहरूलाई मेडिकलमा ध्यान दिइएको जनाएको छ ।

यसबारे आन्तरिक अनुसन्धान भइरहेको समेत एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले यात्रुको सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको समेत जनाएको छ ।

केहीदिन अघिमात्रै सिंगापुर एयरलाइन्सको विमान लन्डनबाट सिंगापुर आउने क्रममा म्यान्मारको आकाशमा टर्बुलेन्समा परेपछि एक जनाको मृत्यु भएको थियो भने ७१ जना घाइते भएका थिए ।

सो विमान आकस्मिकरूपमा बैंककमा अवतरण गरिएको थियो । सो एयरलाइन्सका २० भन्दा बढी यात्रु सिकिस्त भएकाले आईसीयूमा राख्नुपरेको जनाइएको थियो । -सीएनएनबाट 

सम्बन्धित समाचार