कांग्रेसको निर्वाचन १ बजेसम्मका लागि सारियो

1.1k Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको निर्वाचन दिउँसो एक बजेलाई सारिएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले निर्वाचनको तयारी नपुगेकाले दिउँसो एक बजेका लागि सारिएको जानकारी दिए 
यसअघि बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक भए पनि वर्षा र केही प्राविधिक कारण देखाउँदा १० बजेदेखि सुरु गर्ने भनिएको थियो । तर अहिले फेरी दिउँसो एक बजेसम्मका लागि सारिएको हो ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

सम्बन्धित समाचार