झापा र धनुषामा डुबेर तीन जनाको मृत्यु

16.3k Shares

काठमाडौँ  । झापा र धनुषामा डुबेर तीन जनाको मृत्यु भएको छ ।  झापाको मेचीनगर नगरपालिका–१५ सतार बस्तीस्थित मेची खोलामा डुबेर सोही ठाउँ बस्ने ५१ वर्षीय भाङ्गी हेमरनको शुक्रबार राति मृत्यु भएको हो ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका–२० रूपैठास्थित साउजी पोखरीमा डुबेर सोही ठाउँ बस्ने जयनारायण महतोको छोरा ६ वर्षीय शिवनन्दन महतो र राकेश पासवानको छोरा ६ वर्षीय आदित्य पासवानको शनिवार बिहान मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

 
 
सम्बन्धित समाचार