काठमाडौं–नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयबारे पनि प्रश्न उठाइरहेको छ ।
कांग्रेसका नेताहरूले पटक पटक महासचिव पाण्डेयका पनि दुईवटा नागरिकता रहेको सार्वजनिक रुपमा बताइरहेपछि सभामुखको सचिवालयले अनुचित भनेको छ ।
सर्वोच्च अदालतले गत वर्ष फागुन ८ गते नै पाण्डेयलाई नागरिकता विवादमा सफाइ दिइसकेको छ ।
तर कांग्रेसले उक्त विषय अहिले उठाउन थालेपछि सञ्चारमाध्यमले पनि पाण्डेयको नागरिकता प्रकरणबारे समाचार लेखेर उनलाई ‘भिक्टिम’ बनाएको जिकिर संसद् सचिवालयले गरेको छ । सर्वोच्च अदालतले स्पष्टरुपमा पाण्डेयको नागरिकता त्रुटि नभएको आदेश दिइसकेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।