झापाको भद्रपुरमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा विस्तार

13.4k Shares

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि भद्रपुर शाखा संचालनमा ल्याएकोे हो । यो शाखासहित बैंकको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ । 

नयाँ शाखाको उद्घाटन बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले गरेका थिए । हाल बैंकका २७२ शाखा कार्यलय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखा रहित बैंकिङ र २६५ वटा एटीएम रहेका छन् । 

 
सम्बन्धित समाचार