काठमाडौं । अहिले पछिल्लो समय काठमाडौंमा मिनि क्यासिनोको जगजगी चलिरहेको छ । कहि प्रहरी संरक्षण त कहिँ सेटिङ नभए पनि ठाउँ सारेर ठूलो जुवा अखडा संचालन भैरहेको छ ।
राजकुमार अधिकारी उर्फ खरानी नामक व्यक्तिले केही दिन यता काठमाडौंको कपन र टोखा, बानियाटार क्षेत्रमा खुलेयाम जुवा संचालन गरेको सुचना पाए पनि स्थानीय प्रहरी मिलेको भेटिए पछि काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुगमन गरेको खबर प्राप्त भएको छ । भंगाल बालुवा खानी नजिकै कपन घर भएका पेशेवर जुवा संचालन गर्ने खरानी उर्फ राजकुमार अधिकारीले ठूलो जुवा अखडा चलाइ रहेका छन् । प्रहरी वृत्त महाराजगन्जलाई मासिक दुई लाख दिएर सेटिङ मिलाएको भन्दै खरानी भन्ने राजकुमारले खुलेयाम जुवा चलाएका छन् । उनी दर्जनौं पटक प्रहरीमा रेकर्डेढ भएको मात्रै होइन थुनामा परेका व्यक्ति पनि हुन । उनले महाराजगन्ज प्रहरीको मुद्दा शाखामा मासिक दुई लाख बुझाउने गरेकोले महाराजगन्ज र मातहतको प्रहरीले आफ्नो जुवा अखडामा छापा नहान्ने बताउंदै आएका छन् । खरानी ग्याङका नामले चिनिने राजकुमार अधिकारीको समूहले काठमाडौंका कपन, बौद्ध, जोरपाटी, मित्रपार्क, चावहिल, गंगाहिटी, धापासी, बसुन्धरा, गोंगबुलगायतका क्षेत्रहरूमा ठाउँ सारी–सारी ठूलो जुवा अखडा सञ्चालन गर्दै आएको छ ।
यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबु गणेशस्थानबाट पक्राउ परेका १२ जुवाडे पेशेबर रुपमा खेल्ने समूह भएको खुलेको थियो । खरानी ग्याङका नामले चिनिने यो जुवा खेलाउने समूहका नाइके राजकुमार अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा उनीसमेत ८ पुरुष र ४ महिला थिए ।
लामो समयदेखि कौडा खेलाउने खरानी ग्याङका नामले चिनिने राजकुमार अधिकारी लगायत प्रहरीले पक्राउ गरेको थियो । खरानी ग्याङका नामले चिनिने राजकुमार अधिकारीको समूहले काठमाडौंका कपन, बौद्ध, जोरपाटी, मित्रपार्क, चावहिल, गंगाहिटी, धापासी, बसुन्धरा, गोंगबुलगायतका क्षेत्रहरूमा ठाउँ सारी–सारी ठूलो जुवा अखडा सञ्चालन गर्दै आएको छ । घरमा प्रहरीले थाहा पाउने भएपछि पिकनिकको नाममा कहिले धुलिखेल, कहिले दोलालघाट त कहिले चोभार जस्ता ठाउँमा घुम्ती जुवा अखाडा संचालन गर्दै आएको थियो ।
पिकनिकको आवरणमा जुवा खेलाउने गरेको कुरा पनि २ बर्षअघि भण्डाफोर भएपछि पुनः ठाउँ सार्दै जुवा अखाडा संचालन गर्दैआएको छ । पक्राउ परेका राजकुमार अधिकारी २०७६ मंसिर ८ मा धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरमा जुवा खेलाउने क्रममा पक्राउ परेका थिए । तर प्रहरीबाट छुटेपछि पुनः उनले जुवा खेलाउन थाले । काठमाडौंका बृत्त र प्रभागहरू प्रायः सबैमा उनको नाम जुवा खेल्ने र खेलाउने भन्ने छ । काठमाडौंमा ठाउँ फेरीफेरी जुवा खेलाउँदा पनि सुरक्षित नभएपछि उनले पिकनिक आयोजना गरेको भनी जुवा अखाडा संचालन गर्दैआएका थिए । पिकनिकको आयोजनाका नाममा काठमाडौँबाट पेशेवर र धनाढ्य जुवाडेहरू धुलिखेल बोलाएर कौडा खेलाउने गरेका उनी प्रहरीले पक्राउ गरेपछि पछिल्लो समयमा पुनः घर फेरीफेरी खेलाउने क्रममा गोंगबुबाट पक्राउ परेका थिए । खरानी ग्याङका राजकुमार अधिकारी पटक पटक जुवा खालबाट पक्राउ पर्ने र छुट्ने गरेका छन् ।