गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

18.2k Shares

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। 

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु भएको बहस नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । 

मंगलवार कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा उनीतर्फका कानुन व्यवसायीहरूले बहस सकेका छन् । 

जसअनुसार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, शेरबहादुर केसी, विजय मिश्र, यदुनाथ खनाल लगायतले बहस गरेका थिए । उनीहरूको बहसपछि आजै सरकारी पक्षबाट पनि बहस सुरु भएको छ। 

सरकारका तर्फबाट महान्यायाधिवक्ता दिनमणि पोखरेल नै बहसमा उत्रिएका थिए । 

सम्बन्धित समाचार