दश महिनामा २१ अर्ब राजस्व संकलन

18.2k Shares

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व संकलन भएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका संघीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा रु २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार चार सय ५० राजस्व संकलन गरेका हुन् । 

कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी कोष नियन्त्रक जीतनारायण महतोले जिल्लामा संकलन भएको राजस्वमध्ये संघीय सरकारलाई जाने राजस्वतर्फ रु २० अर्ब ५० करोड ६९ लाख ५५ हजार सात सय ७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने रु ४५ करोड १८ लाख आठ हजार ६७९ संकलन भएको जानकारी दिए । 

आन्तरिक राजस्व कार्यालय कावासोतीले २० अर्ब ३३ करोड ८० लाख ९७ हजार ७३२ राजस्व संकलन गरेको महतोले जानकारी दिए । संघीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालय नवलपुरले आठ करोड ३९ लाख ५१ हजार १२०, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले रु दुई करोड ४२ लाख एक हजार ७११, जिल्ला अदालत नवलपुरले रु एक करोड ५७ लाख ७७ हजार ७९९, त्रिवेणी भन्सार कार्यालयले रु एक करोड ५८ लाख ५१ हजार ६४७ राजस्व संकलन गरेका महतोले बताए ।  

सम्बन्धित समाचार