16.7k
Shares
काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। कांग्रेसले शुक्रबार बिहान साढे ८ बजे संसद् भवन परिसरमा दलको कार्यसमिति र ९ बजे संसदीय दलको बैठक आह्वान गरेको हो।
कांग्रेसको अवरोधका बीच बिहीबारको संसद् बैठकमा सभामुख उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि प्रतिनिधि सभा बैठकमा सांसदहरुबीच धकेलाधकेलको स्थिति आएको थियो। त्यसपछि प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।