18.6k
Shares
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश लुम्बिनी प्रदेशविरुद्ध मात्र १ सय ११ रनमा सीमित बनेको छ । टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले ३४.४ मा सबै विकेट गुमाउन पुग्यो । गण्डकीका लागि करन पंगेनीले सर्वाधिक २८ रन बनाए । त्यस्तै, कृष्ण अयरले १९ तथा समीर कँडेल र अमृत गुरुङले १३–१३ रनको योगदान दिए ।
लुम्बिनी प्रदेशका लागि अजय चौहानले सर्वाधिक ४ विकेट लिए भने अभिषेक गौतम र एमडी हुसैनले २–२ विकेट लिए । कृष्ण कार्की र नर सार्कीले १–१ खेलाडीलाई आउट गरे ।