सिरहा – यहाँका तीन अस्पतालाई करोडौं मुल्य बराबरका स्वास्थ्य सामग्री तथा उपकरण प्राप्त भएको छ । ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नामक गैरसरकारी संस्थाले ती अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
स्वास्थ्य सामग्री प्राप्त गर्नेमा जिल्लाको धनगढीमाई नगरपालिका—९ स्थित नैनपुर अस्पताल, सुखीपुर नगरपालिका–८ स्थित आधारभूत अस्पताल र अर्नमा गाउँपालिका–१ महनौरस्थित महनौर अस्पताल रहेका छन् । संस्थाले बुधबार तीन वटै पालिकाका प्रमुखसहित जनप्रतिनिधि, समाजसेवी तथा स्वास्थ्य कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरी समग्री हस्तान्तरण गरेको थियो ।
स्थानीय समुदायलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच र सुधारमा योगदान पुर्याउने उदेश्यसहित आफ्नो संस्थाले सिरहासहित देशका अन्य जिल्लामा पनि स्वास्थ्य उपकरण, औषधीजस्ता समग्री सहयोग गर्दै आएको ‘हेल्पिङ ह्याण्ड फर रिलिफ एन्ड डेभलपमेन्ट’ नेपालका महासचिव मो मेराज खानले बताए।