रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

16.8k Shares

काठमाडौँ- टर्कीस्थित यूएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै रु चार करोड ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरी सोमबार प्रहरीले सार्वजनिक गरेको हो। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले भने, ‘टर्कीको यूएन मिसन कार्यालयमा वर्क परमिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने प्रलोभनमा पारी मीनबहादुर कार्की लगायत एक सय २४ जना व्यक्तिबाट रु चार करोड ३४ लाख उठाएपछि फरार रहेको उजुरीका आधारमा पक्राउ गरेका हौँ।’

आरोपित श्रेष्ठले चुच्चेपाटीस्थित जमघट रेस्टुरेन्टमा पीडितहरुसँग भेटेर सुरुमा रु ५० हजार र भारतमा लगेर प्रतिव्यक्ति रु तीन लाख लिएको अनुसन्धानबाट खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीले बताए।

सम्बन्धित समाचार