संसद‍्मा आउन कांग्रेसलाई एमालेको आग्रह

17k Shares

काठमाडौँ । नेकपा एमाले कोशी प्रदेशले नेपाली कांग्रेसलाई संसदमा उपस्थित हुन आग्रह गरेको छ । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अल्पमतमा परिसकेको सरकार विस्थापित भएर नयाँ सरकार बनिसकेको कारण प्रदेशसभामा कांग्रेस पनि सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि चलिरहेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसअघि कांग्रेसले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको बेलामा हतारमा मुख्यमन्त्रीले विश्वासको मत लिनु नहुने भन्दै कांग्रेस प्रदेशसभामा अनुपस्थिति रहने निर्णय गरेको थियो । भण्डारीले स्थिरता र विकासको बाटोमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार अगाडि बढ्नसक्ने भन्दै विश्वासको मत दिनुपर्ने बताए ।

सम्बन्धित समाचार