५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको भाउ

1.1k Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर २ लाख ४७ हजार ४ सय रुपैयाँ पुगेको थियो ।
यससँगै दुई दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको छ ।यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले बढेको छ । अघिल्लो दिन ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ३ हजार १४५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार