कर्णालीका मुख्यमन्त्रीले बोलाए सर्वदलीय बैठक

23.1k Shares

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठकको आह्वान गरेका छन्। कर्णालीको समग्र विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबिच साझा धारणा बनाउने भन्दै उनले जेठ ४ गते सर्वदलीय बैठक बोलाएका हुन्।

समृद्धि र विकास सबैको साझा सरोकारको विषय हो, एक्ला एक्लै हिँडनु भन्दा सबै राजनीतिक दलहरूबिचको साझा सहमति खोज्ने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरिएको मुख्यमन्त्री कँडेलको सचिवालयले जनाएको छ । 

उनका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको छ । 

प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।

 

सम्बन्धित समाचार