जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने तयारी गरेका छन् । समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन्।
जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले बिहीबार बिहानै संसदीय दल नेता भरत साहलाई सरकारबाट बाहिरिन तयार भएर बस्न निर्देशन दिएको बताइएको छ । माओवादीसँगै एमालेले पनि सरकार छोड्ने तयारी गरेको छ ।
मधेशमा ठूलो पार्टीको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको छ ।
१०७ सदस्यीय प्रदेश सभामा एमालेका २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ८, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् । आजको नेपाल समाचारपत्र दैनिकबाट