बझाङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

12.3k Shares

काठमाडौं– बझाङमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ । ६ जनाले भने भागेर ज्यान जोगाएको बताइएको छ ।

बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा गएराति वीरा धामीको घर माथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका चारजनाको शव आज बिहान निकालिएको हो 

मृत्यु हुनेमा एकै परिवारका ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।

सम्बन्धित समाचार