कहिलेसम्म फर्किने काठको बाकसमा नेपाली युवा ?

18.2k Shares

काठमाडौं । रोजगारीका लागि केही वर्षअघि संयुक्त राष्ट्र इमिरेट्स (यूएई) पुगेका काठमाडौं महानगरपालिका–४ का आशिष महर्जन शुक्रबार दिउँसो काठको बाकसमा फर्किए । यूएईमा भिसा सकिएर गैरकानुनी बनेको अवस्थामा महर्जनको गत २५ फ्रेब्रुअरीमा हृदयाघातका कारण असामयिक निधन भएको थियो ।

‘धन ल्याउँछु भन्दै गएका थियौ, उडेर आकाशमा कस्तो भई गयौ कस्तो भई आएऊ ! काठैको बाकसमा बोल माया एक वचन बोल तिम्रै बोली छ मलाई अनमोल !’ भन्ने गीत परिवारका लागि बास्तविक बन्यो ।

उनी भिजिट भिसामार्फत यूएई पुगेका थिए । मृतकको परिवारबाट शव नेपाल पठाइदिनका लागि सहयोगको आग्रहसहितको निवेदन नेपाल एसोसिएसन (एनआरएनए एनसीसी) यूएईलाई प्राप्त भएको थियो । निवेदन प्राप्त भएपछि एनआरएनए अध्यक्ष विकास शाहीले मृतकको शव नेपाल पठाउने प्रक्रिया अघि बढाएका थिए ।

मृतक नेपालदेखि यूएई पुग्दा भिजिट भिसामा गएका र पछि कुनै कम्पनीको काममा लागि त्यहाँ पनि काम छाडेर गैरकानुनी बसोबास गरेका थिए । सो शव शुक्रबार दिउँसो नेपाल पठाइएको एनआरएनएले जनाएको छ । श्रम स्वीकृत नगरी आएको र शव नेपाल पठाउन सम्पूर्ण कानुनी प्रक्रिया तथा खर्च व्यवस्थापन मृतकको परिवार र नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले संयुक्त रूपमा व्यवस्थापन गरेको थियो ।

उनी त एक प्रतिनिधिपात्र मात्र हुन् । हरेक दिन एक न एक नेपालीको विदेशमा मृत्यु हुने गरेको छ । अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ, तर कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले मुलुकको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा मुलुक, समाज, उनीहरूका आफन्तमा भएको क्षति’bout मूल्यांकन खोइ ? आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार